अनलाइन प्रशिक्षण
Menu
  • होमपेज
  • हाम्रो बारेमा
  • सम्पर्क
  • रजिस्ट्रेसन
  • जर्नलिजम एकेडेमी ईलर्निङ्
Menu

तथ्यजाँच के होइन?

  1. मिथ्या सूचना र लोकतन्त्र
  2. तथ्यजाँच के होइन?

तथ्यजाँच पत्रकारिता होइन।

सूचना खोजी र परीक्षणका चरणहरू पत्रकारिताका अभ्याससँग मिल्दोजुल्दो भए पनि यी दुवै केही फरक विशिष्टीकृत अभ्यास हुन्।

तथ्यजाँचको नतिजा र लेखन पनि पत्रकारिताको नतिजा र लेखनभन्दा फरक हुन्छ।

तथ्यजाँचले प्रमाणका उपलब्धताको आधारमा सूचनाको वर्गीकरण गर्छ।

तथ्यजाँच खोज पत्रकारिता पनि होइन।

तथ्यजाँचकीहरू प्रकाशित जानकारी वा समाचारको तथ्य परीक्षण गर्ने हो।

उनीहरूले सूचना खोज्दैनन् वा समाचार खोज्दैनन्।

उदाहरणका लागि तथ्यजाँचकीले भ्रष्टाचार भए/नभएको खोज्न सक्दैनन्।

तथ्यजाँचकीले नयाँ समाचार वा जानकारी खोज्ने होइन, प्रकाशित जानकारी वा समाचारका तथ्यगत कुराहरू तथ्यमा आधारित हो कि होइन भनेर खोज्ने हो।

Previous Lesson
Back to Course
Next Lesson
Category:

यो साइटमा सेन्टर फर मिडिया रिसर्च - नेपाल र सिएमआर नेपाल जर्नालिज्म एकेडेमीले तयार पारेका छोटा र निशुल्क अनलाइन कोर्सहरू उपलब्ध छन्। यी कोर्सहरू २ देखि ४ घण्टा अवधिका रहेका छन् र सबैका लागि खुला गरिएका छन्। रजिस्ट्रेसन गरेर कोर्स सम्पन्न गर्ने व्यक्तिहरूका लागि प्रमाणपत्र उपलब्ध हुनेछ।

Login
© 2026 अनलाइन प्रशिक्षण | Powered by Minimalist Blog WordPress Theme